दफा ४
सिफारिस समिति
४. सिफारिस समिति ः
(१) अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्न देहायका व्यक्तिहरू रहेको सिफारिस समिति रहनेछ ः–
(क) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्य –अध्यक्ष
(ख) लोक सेवा आयोगको अध्यक्षले तोकेको लोक सेवा आयोगको सदस्य –सदस्य
(ग) नेपाल सरकारको मुख्य सचिव –सदस्य
(घ) लोक सेवा आयोगको अध्यक्षले तोकेको विज्ञ –सदस्य
(ङ) अर्थ मन्त्रालयको सचिव –सदस्य सचिव
(२) उपदफा (१) बमोजिमको सिफारिस समितिले योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट रोष्टर खडा गरी दफा ३ को उपदफा (२) मा उल्लेखित योग्यता पुगेका व्यक्तिहरूमध्येबाट प्रत्येक पदको लागि तीन जनाका दरले उपयुक्त उम्मेदवार छनौट गरी नियुक्तिको निमित्त नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।